काठमाडौं । कुनै समयकी व्यस्त नायिका सुष्मा कार्की अहिले कामविहीन छिन् । फिल्म उद्योगमा एक पछि अर्को गर्दै प्रतिभा र रुप दुवै भएका नयाँ अनुहारहरु आउँन थालेपछि सुष्मासँग अहिले कुनै फिल्म छैन । यसरी फिल्म नपाएको रिस भने उनले पत्रकारमाथि पोखेकी छिन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एक पत्रकारमाथि आक्रमण गरेकी हुन् । तर शारीरिक आक्रमण नभई शब्द आक्रमण ।

कार्यक्रममा एक पत्रकारले चलेछ बतास सुस्तरी पछि तपाईको खासै फिल्म छैन । पछिल्लो समय तपाईका खासै राम्रो फिल्म आएका छैनन् । यो फिल्म संजोगले तपाईलाई स्थापित गराउन सक्ला कि फिल्म नै पाउन छोड्यो ? भन्ने प्रश्नमा नायिका सुष्मा ती पत्रकारमाथि जाइलागेकी हुन् । उनले चलेछ बतास सुस्तरी सुपरहिट फिल्म भएको दावी गर्दै आफ्नो वारेमा पत्रकारलाई चासो नलिन भन्दै जंगिईन् । म के काम गर्छु यसको वारेमा तपाईहरुलाई के मतलब । मैले फिल्म पाएनी नपाएनी के भो भन्दै उनी जंगीएकी थिईन् । पत्रकारले चलेछ बतास सुस्तरी व्यवसायिक रुपमा फ्लप भयो भन्दै गर्दा उनले रिसले चूर्ण भई हिट भएको दाबी गर्न भ्याईन् ।

पछिल्लो समय उनी चलचित्रमा भन्दा स्टेज कार्यक्रमहरुतिर बढि देखिएकी छिन् । उनी यतिखेर फिल्म क्षेत्रबाट गुमनाम नै भएकी छिन् । केही भिडीयोहरु तथा कहिले दुबई, कहिले हङकङ त कहिले काठमाडौं ठमेल लगायतका ठाउँहरुमा हुने विभिन्न कार्यक्रममा उनी व्यस्त रहँदै आएकी छिन् ।

पत्रकार पनि के कम उनको वारेमा अध्ययन गर्न उनको कार्यक्रम हुने स्थानहरु दुबई, हङकङ जानुपर्नेकी ठमेल भनी प्रतिप्रश्न गरेका थि ? जे होस् फिल्म पाउन छाडेपछि उनी मानसिक तनावमा पर्दै गएको मान्न सकिन्छ । सुष्माको त्यस्तो व्यवहारपछि त्यहाँ उपस्थित १२ पत्रकार मध्ये ११ पत्रकार कार्यक्रमबाट बाहिरिएका थिए ।

मंलवार चलचित्र ‘संजोग’को वारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा यस्तो संजोग मिलेको हो ।

Comments

comments