काठमाडौं । मंगलवार शेयर कारोवार र नेप्से अहिले सम्मकै उच्च अंकमा पुगेको छ । शेयर बजारमा नेप्से परिसुचक २८ अंकले बढेर १८६६ दशमलव ५० अंकमा पुगेको छ । नेप्से र कारोवार रकमले नयाँ रेकर्ड कायम गरेको छ ।

मंगलबार सेयर बजारमा दुई अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यति ठुलो शेयर कारोवार अहिले सम्मकै उच्च हो । शेयर बजार २८ अंकले बढेर नेप्से परिसुचक १८ सय ६६ दशमलव ५० अंकमा पुगेको छ । बैक तथा बित्तिय सस्थाको शेयर कारोवार भारी परिमाणमा भए पछि समग्र शेयर कारोवार उकालो लागेको हो ।

मगलवार विकास बैक तर्फको सुचक ७४ अंकले उक्लिएको छ भने फाइनान्स २२ अंकले बढेको छ । त्यसैगरी वाणिज्य बैंक समूह २७ अंकभन्दा वढिले उक्लिएको छ । होटल तर्फको शेयर पनि बढेको छ । होटल समूह तर्फ ७६ अंकले बढेको भने बिमा सुचक साढे ३१ अंकले बढेको छ ।

मंगलवार उत्पादनमूलक क्षेत्रको नेप्से ६४ अंकले ओर्लिए पनि बाँकी सबै सुचक उक्लिएका छन् । लगानीकर्ताहरु अहिले विकास बैंकतर्फ वढि आकर्षित देखिएका छन् । विकास बैक तर्फको सुचक ७४ अंकले उक्लिएको छ । त्यसैगरी फाइनान्स तर्फ २२ अंकले बढेको छ भने वाणिज्य बैंक समूह २७ अंकभन्दा वढिले उक्लिएको छ । होटल समूह तर्फ ७६ अंकले बढेको छ । बिमा कम्पनी तर्फ भने नेप्से परिसुचक साढे ३१ अंकले बढेको छ । पछिल्लो समय शेयर कारोवार बढ्नुेको कुनै अर्थ र आधारहरु भने स्पष्ट हुन सकेको छैन ।

Comments

comments