काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा एक सातापछि सुरु हुने ३१ औं ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामनासहित विदाई गर्नु भएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवना शीतल निवासमा खेलाडीहरुको विदाई गर्नु भएको हो ।

ब्राजिलको रियोमा हुने ३१ औं ओलम्पिकमा नेपालको तर्फबाट विभिन्न पाँच खेलमा सात जना खेलाडी र ५ जना प्रशिक्षक सहभागी हुँदैछन् । बुधबार राष्ट्रपतिले शीतल निवासमा एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिकमा सहभागीता जनाउने विभिन्न खेलका खेलाडी र प्रशिक्षकहरुलाई बदाई गर्नु भएको हो । विदाई गर्ने क्रममा राष्ट्रपतिले ओलम्पिकबाट फर्किदा पनि पदकसहित स्वागत गर्न पाउ भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

विदाई कार्यक्रममा खेलाडीहरु जुडोकी फूपू ल्हामु खत्री, तेक्वान्दोकी निशा रावल, आर्चरीका जितबहादुर मोक्तान, शिरीष गुरुङ र एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई उपस्थित रहेका थिए । कार्यक्रममा सम्बन्धित खेलका ५ प्रशिक्षकको पनि उपस्थिति रहेको थियो ।

Please follow and like us:

Comments