काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको बाधाअड्काउ फुकाउ आदेश संसदमा पेश भएको छ ।
मंगलबारको संसद बैठकमा बाधाअड्काउ फुकाउ आदेश पेश भएको हो ।

राष्ट्रपति भण्डारीले सोमबार नयाँ सरकार गठनको लागि सहज बनाउन भन्दै बाधा अड्काउ फुकाउन आदेश जारी गर्नुभएको हो ।

मन्त्रिपरिषदको आइतबारको बैठकले संविधानको धारा ३०५ अनुसार अर्को सरकार गठनको लागि सहज बनाउन बाधाअड्काउ आदेश जारी गर्न आग्रह गरेको थियो । संसदमा पेश भएको आदेशमा छलफल शुरु भएको छ ।

यसैबिच संसदको शुन्य तथा विशेष समयमा सांसदहरुले देशभर अबिरल वर्षासँगै बाढी पहिरो जाँदा जनधनको क्षति भएको भन्दै उद्धार तथा राहतको काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Comments

comments