काठमाडौं । कोरियन भाषा परीक्षाको (ईपीएस) नतिजा सार्वजनिक भएको छ। गएको असार ४ र ५ गते लिइएको कोरियन भाषा परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरिएको हो ।

परीक्षामा तीन हजार पाँच सय १७ जना परीक्षार्थी उत्तीर्ण भएको मानव श्रोत तथा संशाधन विकास केन्द्र (एचआरडी)ले जनाएको छ । यस वर्षका लागि मानव श्रोत तथा संशाधन विकास केन्द्र कोरियाले कृषि र उत्पादनशील क्षेत्रका लागि तीन हजार एक सय कोटा निर्धारण गरेको छ ।

यस वर्षका लागि लिइएको उक्त परीक्षामा ६० हजार ६ सय जना सहभागी भएका थिए ।

Comments

comments