काठमाडौं । सोमबार रातिदेखि परेको पानीका कारण काठमाडौंका ३ सय घर डुबानमा परेका छन् ।

काठमाडौंको टेकुको वंशिघाटमा रहेको सुकुम्बासी बस्ती र बल्खुको सुन्दरीघाटका बस्ती डुबानमा परेको हो ।
डुबानमा परेका बस्तीका सुकुम्बासीलाई सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । रातिदेखि परेको ठूलो वर्षाका कारण बागमती नदीमा बाढी आएको छ ।

यस्तै काठमाडौं उपत्यकाका धेरै सडकमा पानी जम्दा हिँडडुलमा नै समस्या भएको यात्रुले बताएका छन् ।

Comments