मेलबर्न । मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी सुन्दर अभिनेत्री नम्रता श्रेष्ठले सिड्नीको एक कार्यक्रममा याम्प नाप्ने भएकी छन् ।

आगामी १८ नोभेम्बरमा सिड्नीमा आयोजना हुने ‘फेसनमाण्डु–२०१६’ रन–वे शो नाम दिइएको फेसन शोमा अभिनेत्री नम्रता शोस्टपरको रुपमा देखिन लागेकी हुन् । उक्त फेसन शो के गरिरा डटकमले आयोजना गर्न लागेको हो ।

इन्टरटेनमेन्ट सेन्टरमा आयोजना हुने उक्त फेसन शोमा लिना क्यास्पारियन, एन्या हरवुड, रस्ना श्रेष्ठ, सुरुचिरा डिजाइन, जेएफ डिजाइन, रचेल मोर, एल्सा थापाजस्ता चर्चित डिजाइनरहरुको प्रस्तुती रहने बताइएको छ ।

namrta

Comments

comments