काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले सहमतीय सरकार गठन गर्न संसदमा रहेका राजनीतिक दलहरुलाई आव्हान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सोमबार साँझ संविधानको धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनको लागि दलहरुलाई आव्हान गर्नुभएको हो । सरकार गठनका लागि आव्हान गर्नु अघि राष्ट्रपतिवाट बाधा अड्काउ फुकाउ आदेश जारी भएको थियो ।

सहमतिय सरकार गठनको आव्हान गर्नुअघि उहाँले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग शीतल निवासमा छलफल गर्नुभएको हो ।

Comments

comments