एजेन्सी । बलिउडका दबंग सलमान खानलाई राजस्थान उच्च अदालतले कालो हरिण र चिकारा शिकार मामलामा सफाई दिएको छ ।

राजस्थान उच्च अदालतले राजस्थानको सीजीएम अदालतले दिएको पाँच सालको जेल सजाएलाई बदर गर्दै सफाई दिएको हो ।

सलमानलाई सन् १९९८मा राजस्थानको मथानियामा कालो हरिणको सिकार गरेको आरोप लागेको थियो । यता सलमानले अदालतको फैसलाका बारेमा केहि नबोल्ने बताएका छन् ।

Comments

comments