मेलबर्न । नेपाली हिन्दू नारीहरुको महान पर्व तीजको अवसरमा यसपटक पनि मेलबर्नमा विशेष कार्यक्रमको आयोजना हुने भएको छ । दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा आगामी अगष्ट १३ शनिवारको दिन तीज सेलेब्रेशन २०१६ हुने भएको हो । इष्टोनियन हलमा हुने तीज सेलेब्रेशनमा यसपटक तीज विशेष आकर्षक प्रस्तुतिहरु रहनेछन् ।

विशेष महलिाहरुका लागि आयोजना हुने उक्त कार्यक्रममा नन स्टप डान्स,निशुल्क फोटो सेसन,चुरापोतेको स्टलका साथै नेपाली खानाहरुको स्टल समेत रहनेछ । यस्तै सारी लगाउँन नजान्नेहरुका लागि सारी मिलाएर लगाइदिनुका साथै मेकअप र कपालको जुरो समेत निशुल्क बनाइदिने व्यवस्था रहेको आयोजकले जनाएको छ । तर त्यसका लागि भने कार्यक्रम शुरु हुनुभन्दा केही समय अगावै आउँनुपर्नेछ । कार्यत्रलम अपरान्ह ४ बजेदेखि शुरु हुनेछ ।

दिदीबहिनी समाजले आयोजना गर्न लागेको यसपटकको तीज कार्यक्रम बलात्कारको शिकार बनेका नेपाली दिदीबहिनीहरुमा समपर्पित गरिएको छ । त्यसैले तिनै दिदीबहिनीहरुको पुनस्थापनामा सहयोग पुर्याउँन १० डलर प्रवेश शुल्क राखिएको छ ।

उक्त रकम सबै बलात्कृत नेपाली दिदीबहिनीहरुको च्यारिटीका लागि हस्तान्तरण गरिने आयोजकले जनाएको छ । त्यसैले यसवर्षको तीजको सन्दर्भ पारेर बलात्कारविरुद्ध एकतावद्द हुन दिदीबहिनी समाज भिक्टोरियाले सबैलाई अपिल गरेको छ ।

Comments

comments