काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवनमा सामान्य प्रभाव भएको छ ।

सार्वजनिक सवारीका साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् । निजी सवारी साधन भने निर्वाध चलिरहेका छन् ।

यसबैबीच बन्दकर्ताहरुले काठमाडौंको नयाँ बानेश्वर र सामाखुसीमा ट्याक्सीमाथि आगजनी गरेका छन् । बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो भने सामाखुसीमा बा १ ज२८६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो । ट्याक्सी चढेका व्यक्तिले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगो लगाई भागेको प्रहरीले जनाएको छ । आगोले ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राजधानीका चोक चोकमा प्रहरी उपस्थिति बाक्लो बनाइएको छ ।

उता चितवनबाट काठमाडौंतर्फ औषधी ल्याउँदै गरेको एक मिनी ट्रकमा पनि बन्दकर्ताले आगजनी गरेका छन् । चितवनमा वन्दका बाबजुत पूर्व पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ्ग गरेर सवारी साधन सञ्चालनमा ल्याएको गरेको छ ।

सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको हो । बन्द साँझ पाँच बजेसम्म जारी रहने बताइएको छ ।

Comments

comments