मेलबर्न । नेपालको प्रसिद्ध रक व्याण्ड कबवेब र रोहितजंग क्षेत्री सम्मिलित असम ३ कन्सर्ट मेलबर्नमा भव्यताका साथ सम्पन्न भएको छ । स्थानीय ट्रयाक लाउन्ज एण्ड बारमा सम्पन्न भएको कन्सर्टमा युवापुस्ताको उल्लेख्य सहभागी थियो ।

एके ४७ व्याण्डको प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा रोहितले आफ्ना हिट नम्बरहरु प्रस्तुत गरे । त्यसक्रममा उनले विस्तारै विस्तारै, तिम्रा दुई आँखामा, सान्नानी लगायत करिब आधा दर्जन गीत गाए । प्रसिद्ध व्याण्ड १९७४ एडीका भोकलिष्ट र गिटारिष्टसमेत रहेका क्षेत्रीले कबवेब जस्तो व्याण्डका साथ स्टेज शेयर गर्न पाउनु निकै खुशीको कुरा भएको बताए ।

रोहित पछि स्टेजमा उत्रिएको कबवेबले करिब २ घण्टा दर्शकहरुलाई आफ्ना सदाबहार रक नम्बरहरु प्रस्तुत गर्दै दर्शकलाई नाच्न बाध्य पारे । कवबेबले स्टेजमा आफ्ना गीतका साथै अन्य चर्चित अंग्रेजी रक गीत पनि प्रस्तुत गरेका थिए । सोलाङचर र एस ईभेन्टस एण्ड मल्टिमिडियाको आयोजनामा उक्त कार्यक्रम भएको थियो ।

cobwebयसैबीच असम ३ कन्सर्टका कलाकारहरुको सम्मानमा मिट एण्ड ग्रिट कार्यक्रम हुँदैछ । मेलबर्नकै बिगबेली रेष्टुरेन्टमा साँझ ६ बजे हुने मिट एण्ड ग्रिटमा विविध कारणले कन्सर्टमा सहभागी हुन नसकेका कबवेब र रोहितका फ्यानहरु सहभागी हुने आयोजकको अपेक्षा छ । यस्तै कार्यक्रमका प्रायोजक, स्वयंसेवक र नेपाली समुदायका व्यक्तित्वहरुलाई समेत निम्तो गरिएको छ ।

मेलबर्नपछि कबवेब र रोहितजंग क्षेत्रीको कन्सर्ट ब्रिसबेन र सिड्नीमा हुने तय भएको छ ।

Comments

comments