एजेन्सी । जर्मनीको एन्सबाखमा बिस्फोट भएको छ ।

नुरेमबर्ग नजिकको बजार एन्सबाखमा भएको बिस्फोटमा परि आक्रमणकारी मारिएका छन् । अन्य १२ जना घाइते भएको जर्मन प्रहरीले बताएको छ । बिस्फोटका लागि तयारी गरिहेको व्यक्ति नै मारिएको प्रारम्भिक अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ । बिस्फोटपछि एन्सबाखमा भइरहेको एक सांगीतिक कार्यक्रमका लागि जम्मा भएका दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

बिस्फोटको उद्देश्य अहिलेसम्म नखुलेको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि म्युनिखमा भएको अन्धाधुन्ध गोली काण्डमा ९ जनाको जनाको ज्यान गएको थियो ।

Comments

comments