काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको राजनीनामा राष्ट्रपतिबाट स्वीकृत भएपनि नयाँ प्रधानमन्त्री छान्न अझै केही समय लाग्ने भएको छ । अबको दुईसातामा मात्र नेपालले नयाँ प्रधानमन्त्री पाउने छ ।

राष्ट्रपतिले आदेश गर्न बाधा अड्काउ फुकाउ संसदबाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ ।

नयाँ प्रधानमन्त्री निर्वाचनका लागि दलहरुबीच यसअघि रहेको संवैधानिक विवादसमेत सरकारले बाधा अड्काउ फुकाउमार्फत खोलेपछि अब बाधा अड्चन नरहेको र प्रक्रिया सहज भएकाले दुई हप्तामा नयाँ प्रधानमन्त्री छानिने कानुन मन्त्रालयका सचिव टेकनाथ ढुंगानाले बताउनुभयो ।

Comments

comments