काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भर्खरै राजीनामा दिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासमा नेपाली जनताले सधैं सम्झिरहने उल्लेख गर्नुभएको छ ।

ओली सरकारका उपप्रधानमन्त्री समेत रहनुभएका थापाले आइतवार ट्वीट गर्दै ओली देशलाई माया गर्ने असल प्रधानमन्त्री भएको लेख्नुभएको छ । उहाँले लेख्नुभएको छ–‘देशलाई माया गर्ने असल प्रधानमन्त्रीको रुपमा केपी ओलीको सम्झना सँधै रहने छ । तपाईँसँग काम गर्न पाएकोमा खुसी छु ।’

ओली नेतृत्वको सरकारका थापा उपप्रधान तथा परराष्ट्र मन्त्री हुनुहुन्थ्यो ।

Comments