काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले गरेका सबै अन्तराष्र्टि«य सन्धि–सम्झौता आउने सरकारले पूरै लागू गर्ने बताउँनुभयो ।

आइतवार व्यवस्थापिका संसदमा गर्नुभएको सम्वोधनमा देउवाले ओली सरकारले गरेका सन्धि–सम्झौता अनुसार नै अब बन्ने नयाँ सरकारले कामहरु अघि बढाउँने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

सभापति देउवाले नयाँ प्रधानमन्त्री चयनका लागि बाधा अड्काऊ फुकाइरहनुपर्ने आवश्यकता नभएको पनि बताउनुभयो । तर, बाधा अड्काऊ फुकाएर सरकारले झनै सहज बनाइदिएको उहाँले बताउनुभयो । उहँले यसअघि माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईहरुलाई प्रधानमन्त्री बनाउँदा बाधा अड्काउ फुकाउनु नपरेको स्मरण गराउँनुभयो ।

देउवाले सरकारले राष्ट्रपतिसमक्ष बाधा अड्काऊ फुकाउने सिफारिस गरेकोमा आफूहरुलाई कुनै आपत्ति भने नरहेको बताउनुभयो ।

Comments

comments