काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा पेश गर्नुभएको छ ।

संसदमा सम्बोधन गर्नु अघि नै प्रधानमन्त्री ओलीले शीतल निवास पुगेर राष्ट्रपति समक्ष राजीनामा पेश गर्नुभएको हो । राष्ट्रपति भण्डारीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत गर्नुभएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद वैठकले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न बाधा अड्काउ फुकाउ आदेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको थियो । सत्ता सहयात्री दल माओवादी केन्द्र, राप्रपा र मधेसी जनअधिकार फोरमले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव संसदमा पेश गरेपछि त्यसको जवाफ दिनु अघि नै ओलीले राजीनामा दिनुभएको हो । राजीनामा दिएर सोझै संसद भवन पुगेर उहाँले आफुविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव र त्यस्मा उठको प्रश्नहरुको जवाफ दिने क्रममा संसदलाई राजीनामा बारे जानकारी दिनुभएको थियो ।

२०७२ साल असोज २४ गते प्रधानमन्त्रीमा विजयी हुनुभएका ओलीले ९ महिना प्रधानमन्त्रीको कार्यकाल सम्हाल्नु भएको थियो ।

Comments