काठमाडौं । काँग्रेस माओवादी र मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संसदमा दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता नलिने निर्णय गरेको छ ।

शुक्रबार काँग्रेस संसदीय दलको कार्यलयमा बसेको तीन दलको बैठकले अविश्वास प्रस्ताव दृढतापूर्वक संसदमा लैजाने निर्णय गरेको हो

अविश्वास प्रस्तावमा मधेसवादी दलका नेताहरुले दृढतापूर्वक समर्थन गर्ने भएको जनाउँदै माओवादी प्रवक्ता पम्फा भुषालले अरु एजेण्डामा अब छलफल नहुने बताउँनुभयो ।

भुषालका अनुसार मधेसवादी दलका नेताहरुले माग पूरा गरेमा सरकारमा जान सक्ने धारणा राखेका थिए । त्यसको जवाफ दिंदै माओवादी अध्यक्ष प्रचण्डले काँग्रेस–माओवादी बीचमा भएको ७ बुँदे सहमतिको पहिलो बुँदामा नै मधेसका माग पूरा गर्ने बारेमा उल्लेख भएको बताएका थिए ।

Comments