मेलबर्न । विघट कर्णालीको डोल्पा जिल्लामा शिक्षाको विकासका लागि सहयोग जुटाउने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा दुई नेपाली कलाकारले संयुक्त चित्रकला प्रदर्शनीको आयोजना गरेका छन् ।

सिड्नीमा चर्चित कलाकार कपिलमणि दीक्षित र नेपालको ललितकला क्याम्पसका पूर्वप्रमुख राजु मानन्धरको संयुक्त चित्रकला प्रदर्शनी सम्पन्न भएको हो । अष्ट्रेलियामा नेपाली चित्रकारहरुको संयुक्त कला प्रदर्शनी भएको यो पहिलो पटक हो । यही प्रदर्शनी मेलबर्नमा समेत गर्ने तयारी भएको बताइएको छ । प्रदर्शनीमा कपिलमणि दीक्षितका २८ वटा चित्रकला राखिएको थियो भने मानन्धरका ८ वटा आकर्षक चित्र प्रदर्शनीमा थिए ।

art 2सिड्नीको रकडेलमा आयोजना गरिएको प्रदर्शनीलाई नेपालीसहित अन्य समूदायका सदस्यहरुले समेत अवलोकन गरेका थिए । प्रदर्शनीमा राखिएका आधाभन्दा बढी चित्रहरु बिक्री भएको बताइएको छ । त्यसबाट प्राप्त भएको आर्थिक सहयोग डोल्पाका विद्यालयहरुको स्तरबृद्धि र त्यहाँका विद्यार्थीको छात्रवृत्तिका लागि प्रदान गरिने भएको छ ।

Comments

comments