काठमाडौं । विहीवारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद आश्रित रहेका विद्येयकहरु पारित गर्ने, प्रधानमन्त्रीले राजीनामा दिएर भावी मन्त्री परिषद् गठनको मार्ग प्रशस्त गर्ने लगायत बिषयमा छलफल भएपनि ठोस सहमति हुन सकेन ।

यद्यपी नेताहरुले सहमतिको प्रयास भने जारी राखेको बताएका छन् । संसद् भवनबाट वाहिरिदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, काग्रेस सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने प्रतिक्रिया दिन चाहेनन् । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले पनि विभिन्न प्रस्तावमा छलफल भएपनि ठोस सहमति नभएको जानकारी गराउनु भयो ।

काँग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले चार बिषयमा सहमतिको लागि प्रस्ताव भएको जानकारी गराउनुभयो ।

माओवादी केन्द्रका नेता कृष्णवहादुर महराले सहमतिको प्रयास जारी रहेको बताउँदै दलहरुबीच सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।
यद्यपी सहमति हुन अझै बाँकी छ र यसबारे शुक्रवार पहल थाल्ने जनाइएको छ । यसबीचमा सत्तारुढ र प्रतिपक्षी दुवै केही लचक देखिएका छन् ।

Comments