काठमाडौं । व्यवस्थापिका संसद वैठक सुचारु गर्ने सभामुख ओन्सरी घर्तीको प्रयास असफल भएको छ ।

दलहरु आ आफनै अडानमा रहेपछि विहीवार २ बजे बस्ने भनिएको व्यवस्थापिका संसद वैठक स्थगित भएको छ ।

कार्यसूचिको विषयमा दलहरुबीचको अडान कायमै रहेपछि सहमतिको लागि सभामुख ओन्सरी घर्तीले संसद वैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित गर्नुभएको हो । दलहरुसंगको सहमतिका लागि सभामुख ओनसरी घर्तीले मुख्य तीन दलका शीर्ष नेताहरुसंग विहीवार विहानैदेखि छलफल गर्नुभएपनि सहमति जुटाउँन असफल हुनुभएको हो ।

बजेटका आश्रित विधेयकमाथि छलफल गर्ने कि अविश्वासको प्रस्तावमाथि भन्ने विषयमा दलहरु आआफ्नै अडानमा छन् ।

Comments