काठमाडाै। राजधानी काठमाडाैमा एका विहानै एक स्कूल बसमा अागजनी गरिएकाे छ ।

काठमाडौंको डल्लुस्थित विष्णुमती पुल नजिक उक्त स्कूल बसमा अज्ञात समुहले अागजनी गरेका हुन् । तीन जनाकाे संख्यामा रहेका अागजनीमा संलग्न व्यक्तिहरू बसमा अागाे लगाए पछि फरार भएका छन् ।

झम्सिखेलमा रहेको आइडल मोडल स्कूलको साे बसमा अागाे लगाउनु पूर्व अाजनीकर्ताहरूले बसमा चढेर सम्पूर्ण विद्यार्थीहरूलार्इ बाहिर अाेह्रालेका थिए ।

विहान साँढे ६ बजे बस स्कुलका विद्यार्थीहरूलार्इ स्कुल ल्याउन पिक अप गर्ने क्रममा थियाे । अागजनी गरिएको बा २ क ४६९ नम्बरको बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । घटना भएकाे लामाे समय सम्म पनि प्रहरी नअाउँदा र स्थानीयहरू समेत रमिते भइरहँदा बस सम्पूृर्ण रूपमा नष्ट भएकाे हेा ।

बसमा अागजनी पछि बसमा रहेका स्कुले बालबालिका अातंकित बनेका छन् । अागजनी गर्ने समुहबारे कुनै जानकारी प्राप्त हुन सकेकाे छैन ।

Comments