मेलबर्न । अष्ट्रेलियाको डर्विनमा विहीवार विहान अचम्मको चोरी भएको छ । कारमा आएका चार जनाको समूहले एउटा स्टोरको ढोका फोडेर चरोटका प्याकेटहरु चोरेर लगेका छन् । ती चोरहरुले विहान ३ बजेर २५ मिनेट जाँदा किङस्बरीमा रहेको एक स्टोरबाट दर्जनौं प्याकेट चुरोट चोरेर लगेका छन् ।

सिल्भर रंगको माज्दा कारमा आएका चार जना युवाहरुमध्ये तीन जनाले कारबाट ओर्लेर ह्यामरले स्टोरको ढोका तोडेका थिए । सिसी टिभी फुटेजका अनुसार चौथो व्यक्ति भने कारमै बसिरहेका थिए । चालक सिटमा बसेका कारण ती व्यक्ति ड्राइभर रहेको अनुमान गरिएको छ ।

chor 3स्टोरभित्र रहेको एक स्टाफले लुटेराहरुलाई देखेपछि उनी आत्तिएर पछाडिपट्टि लुक्न गएका थिए । ती चोरहरु ढोका फुटाएर भित्र पसेर सरासर काउन्टरमा गई धमाधम चुरोटका प्याकेटहरु पोको पारेको फुटेजमा देखिएको प्रहरीले जनाएको छ । उनीहरुले जम्मा पारेको चुरोटका प्याकेटहरु एउटा कपडामा बेरेर कारमा हालेर फरार भएका थिए ।

chor1सिसी टिभी फुटेजमा देखिएका तीन वटा फोटो प्रहरीले सार्वजनिक गरेको छ । लुटपाटका समयमा लुटेराहरुले अनुहार छोप्नुका साथै हातमा पञ्जा समेत लगाएका थिए । तर उनीहरुको हुलिया र बोल्दा प्रयोग गरेको भाषाका आधारमा उनीहरु प्यासिफिक आइल्याण्डका स्थानीय रहेको पुष्टि भएको भिक्टोरिया प्रहरीले जनाएको छ । प्रहरीले यसबारेमा थप अनसन्धान जारी राखेको छ ।

Image Source : vicpolicenews.com.au

Comments