मेलबर्न । अष्ट्रेलियाबाट निर्मित नेपाली फिल्म जंगबहादुरको कोटको रिलिज हुने मिति तय भएको छ ।

झण्डै एक वर्ष अघि नै सेन्सर पास भएको फिल्म जंगबहादुरको कोट आगामी कार्तिक २६ अर्थात नोभेम्वरमा रिलिज हुने भएको छ ।

अष्ट्रेलियामा रहँदै आएका युवा निर्देशक आशिष भेटुवालको यो पहिलो फिल्म हो । पहिलो फिल्म रिलिज नहुँदै उनी अर्को फिल्म हिरो रिटन्सका लागि अनुबािधत भैसकेका छन् । नेपालसँगै अष्ट्रेलियामा खिचिएको जंगबहादुरको कोट फिल्म खड्का एण्ड सन्स् सिने इन्डष्ट्रिजको ब्यानरमा बनेको हो ।

फिल्मका निर्माता योगेन्द्र खड्का, जयन्द्र खड्का, तथा देवी शिवाकोटी हुन । फिल्ममा अनुप बराल, बिमलेश अधिकारी, सुचित्रा अचार्य, विश्व बस्नेत, सौभाङगी कोइराला लगायतको अभिनय छ । अष्ट्रेलियाका विभिन्न शहरहरुमा प्रिमियर भैसकेको यो फिल्मलाई यहाँका दर्शकहरुले अत्याधिक मन पराएका थिए ।

Comments

comments