मेलबर्न । नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाले नेपालको मेडिकल शिक्षाको सुधारको माग राखि १२ दिनदेखि जारी टिचिङ अस्पतालका डा गोविन्द केसीको आन्दोलनप्रति ऐक्यवद्दता जनाएको छ ।

मञ्चका अष्ट्रेलिया अध्यक्ष माण्डवराज कार्कीले एक विज्ञप्ति जारी गरि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत डा गोविन्द केसीको आन्दोलनप्रति ऐक्यवद्दता जनाएको हो । देशमा मौलाउँदै गएको शिक्षामा निजीकरण,व्यापारीकरण लगायत मुलतः मेडिकल शिक्षामा मौलाएको विकृति अन्त्यको माग गर्दै डा केसीले आठौंपटक शुरु गर्नुभएको अनसन जायज भएको मञ्चलेmandab जनाएको छ । आमरण अनसनको १२ औं दिन वितिसक्दा पनि सरकार र जिम्मेवार निकाय गम्भीर नदेखिएको भन्दै उसले आपत्ति समेत जनाएको छ ।
मञ्चले डा केसीका जायज मागहरु पूरा गर्ने प्रतिवद्दता सहित उहाँको जीवन रक्षाका लागि गम्भीर बन्न सरकारलाई माग गरेको छ । शिक्षा सबैको पहुँचमा हुनुपर्ने उल्लेख गर्दै मञ्चले डा केसीको बाँच्न पाउँने अधिकार सुनिश्चित गराउँन आवश्यक पहलका लागि सरोकारवाला सबैसँग अपिल पनि गरेको छ ।

Comments

comments