काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, व्यवस्थापिका संसदमा बजेटका आश्रित विधेयक र अविश्वासको प्रस्ताव दुवैलाई एकैसाथ अगाडि बढाउने निष्कर्षमा पुगेका छन् ।

दुई दलका शीर्ष नेताहरुको बुधबारको संयुक्त बैठकले बजेटका आश्रति विधेयक र अविश्वासको प्रस्ताव दुबैलाई कार्यसूचीमा समेट्ने निर्णयसमेत गरेको हो ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुई नेताको बैठकले दुवै विषयलाई कार्यसूची समेट्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले २९ गतेको कार्यसूचीमा रहेको विषय कार्यसूचीमा राख्न सभामुखलाई आग्रह गर्ने निष्कर्षमा पुगेको जानकारी दिनुभयो । यद्यपी अविश्वासको प्रस्तावलाई पहिलो छलफलको विषय बनाउनुपर्नेमा दुवै नेताहरु सहमत भएका छन् ।

काँग्रेस र माओवादी दुबैले आफ्ना सांसदहरुलाई अनिवार्य संसद बैठकमा उपस्थित हुन र अविश्वास प्रस्तावको पक्षमा उभिन समेत निर्देशन दिएका छन् ।

Comments

comments