काठमाडौं । सरकारले मेडिकल शिक्षाको सुधारको माग गर्दै अनसनरत शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीलाई अनसन तोडेर संवाद र वार्तामा वस्न आह्वान गरेको छ ।

बुधवार साँझ बसेको मन्त्रीपरिषदको वैठकले डा गोविन्द केसीसँग वार्ता र संवाद गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिमा स्वास्थ्य मन्त्रालय,शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिवहरु सदस्य रहनेछन् । वैठकले पेट्रोलियम तथा ग्याँस कारोबार नियमन आदेश २०६९ पनि खारेज गर्ने निर्णय गरेको छ । योसँगै विभिन्न कम्पनीका नाममा जारी गरिएका पेट्रोलियम पदार्थ कारोबार सम्बन्धी इजाजत पत्रहरु खारेज भएका छन् ।

मन्त्रीपरिषद वैठकले लोकसेवा आयोगको सिफारिसमा नेपाल स्वास्थ्य सेवामा रिक्त केही पदहरुको पदपूर्ति पनि गरिएको वैठकपछि सरकारका प्रवक्त सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

यस्तै बुधवारको वैठकले स्थानीय शान्ति समितिको म्याद एक वर्षका लागि थप गरेको छ । योसँगै अब शान्ति समितिको कार्यावधी २०७४ असार मसान्तसम्मका लागि थप भएको छ ।

Comments