काठमाडौं । पछिल्लो समय उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहनुभएका सभामुख ओनसरी घर्तीले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँहरुबीच झण्डै डेढ घण्टा छलफल भएको छ । व्यवस्थापिका संसदमा विहीवार अर्थात साउन ६ को कार्यसूचिलाई लिएर दलहरुबीच बिबाद भएपछि सहमतिको लागि सभामुख घर्तीले पहल थाल्नुभएको हो ।

राष्ट्रपति भण्डारीसँगको छलफलका क्रममा उहाँले संसद्मा भैरहेका गतिविधि र पछिल्लो समय सहमतिको लागि गरेको प्रयासबारे जानकारी गराउँनुभएको थियो ।

जवाफमा राष्ट्रपति भण्डारीले सहमतिको लागि प्रयास गरिरहेकोमा सभामुखलाई धन्यवाद दिनुभएको थियो । यसअघि घर्तीले बुधवार नै बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।

Comments