मेलबर्न । नेपाली सांगीतिक क्षेत्रमा पहिलो पटक अष्ट्रेलियामा रहेका नेपाली कलाकार र गीतकारको संयुक्त गीति एल्बम प्रकाशन हुने भएको छ ।

अष्ट्रेलियाबाट रिलिज गर्न लागिएको यो एल्बममा अष्ट्रेलियामै बसोबास गर्ने गायक गायिकाहरुले स्वर दिएका छन् । यस्तै एल्वममा समावेश गीतहरुमा अष्ट्रेलियामै रहेका गीतकारहरुका शब्द रहनेछन् । एल्वमको शीर्षक उडान राखिएको छ । आगामी सेप्टेम्वर १० मा विशेष सांगीतिक कार्यक्रमकाबीच सिड्नीको मराना अडिटोरियममा एल्वम उडान सार्वजनिक गरिनेछ ।

अन्तराट्रिय नेपाली कलाकार समाज सिड्नी च्याप्टर र अल्प ईन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा गर्न लागिएको यो कन्सर्टमा गायकहरु ईश्वर पोखरेल, समिर आचार्य, सुजाता उपाध्याय, सञ्जीव पराजुली, नरेन कुलुङ र मोक्षदा सिलवालले आफ्नो प्रस्तुति दिनेछन् । एल्वम उडानमा पनि यिनै कलाकारहरुका स्वर रहनेछन् । ६ जना गायक गायिकाको एक एक वटा गीत र एउटा संयुक्त गीतका साथ यो एल्बममा ७ वटा गीत समावेश गरिएको छ । कन्सर्टको टिकट खरिदकर्ताले टिकटसँगै एल्वम उडानको सिडी निशुल्क पाउँनेछन् । कन्सर्टमा सहभागी हुनका लागि ३० डलरको टिकट राखिएको छ ।

एल्बममा समावेश भएका गीतमा न्हुयू बज्राचार्य, अर्जुन पोखरेल, राजनराज सिवाकोटी, कल्याण सिंह, आनन्द राई, हेमन्त राना र भानु ढकालको संगीत रहनेछ भने सबै गीत सिड्नीकै साहित्यकार निस्प्रभ सजी र प्रदिप चापागाईंले लेखेका हुन् ।
यी गीतका सबै म्युजिक भिडियो पनि अष्ट्रेलियामै तयार पार्ने आयोजकले जनाएको छ ।

Comments

comments