मेलबर्न । अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा अष्ट्रेलियाको सिड्नीमा विशेष कार्यक्रम हुने भएको छ ।

नेपाली आदिवासी जनजाति फोरम अष्ट्रेलिया निन्फाको आयोजनामा विशेष कार्यक्रम हुने भएको हो । कार्यक्रममा आदिवासी जनजातिको अधिकार सम्बन्धी अन्तक्र्रियाको साथमा आदिवासी र जनजातिका परम्परागत पहिरन, गीत संगीत र खानाहरुको प्रदर्शनी समेत रहने आयोजकले जनाएको छ । १३ अगष्ट आइतबार पिटरशाम टाउन हलमा आयोजना गरिने कार्यक्रमको नारा आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीय संविधान राखिएको छ ।

कार्यक्रममा सिड्नीमा रहने नेपाली समुदायको उल्लेख्य सहभागीता रहने आयोजकको अपेक्षा छ । कार्यक्रममा विभिन्न आदिवासी जनजाति परिकारका फुड स्टलहरु समेत राखिनेछ । यसैगरी कार्यक्रममा अष्ट्रेलिया र नेपाली आदिवासी जनजातिका गीत संगीत र नृत्यबाट उपस्थितहरुले मनोरञ्जन लिन सक्नेछन् । कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था छ ।

Please follow and like us:

Comments