मेलबर्न । नेपालको पहिलो रक व्याण्ड कववेब आउँदो आइतवार अष्ट्रेलियाको मेलबर्नका दर्शक श्रोताहरु माझ प्रस्तुत हुने भएको छ । कबवेव ब्यण्डसँगै नयाँ पुस्ताका लोकप्रिय गायक रोहित जोन क्षेत्री पनि रहनेछन् ।

कबवेव र गायक क्षेत्रीको उपस्थितिमा मेलबर्नमो दि असम ३ कन्सर्ट हुन लागेको हो ।स्थानीय ट्राक लाईभ लञ्ज बारमा २४ जुलाईका दिन आयोजना गरिने कन्सर्ट साँझ ७ बजेबाट अबेरसम्म चल्ने बताइएको छ । सोलाङचर र एस ईभेन्टस एण्ड मल्टिमिडियाले यो कन्सर्ट आयोजना गरेका हुन् । कबवेब व्याण्डले निकै लामो समयको अन्तरालपछि अष्ट्रेलियामा आफ्नो कन्सर्ट गर्न लागेका हुन् भने रोहित जोन क्षेत्री पहिलो पटक अष्ट्रेलिया आउँदैछन् ।

रोहित क्षेत्रीका गीतहरु पछिल्लो युवापुस्ताका माझ निकै लोकप्रिय रहेका छन् । उनी चर्चित व्याण्ड १९७४ एडीका भोकलिष्ट र गिटारिष्ट पनि हुन् ।

कववेवका मार्यो नि मार्यो,तिमीलाई,मार्सिडिज बेञ्च लगायतका करिब एक दर्जन गीतहरु निकै चर्चित छन् ।

Comments