काठमाडौ । कांग्रेस महामन्त्री शशांक कोइराला बुधवार डिस्चार्ज हुनुभएको छ ।

काठमाडौको चावहिलमा रहेको ओम अस्पतालमा उपचार सकेर कोइराला बुधवार बिहान डिस्चार्ज हुनु भएको हो । दुई सातादेखि अस्पतालमा भर्ना भएका कोइरालाको निमोनिया निको भएकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोइरालाको रगत, फोक्सोको एक्स–रे परीक्षण प्रतिवेदन पनि सामान्य देखिएको छ ।

घर गए पनि करिब दुई सातासम्म आराम नै गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।

Comments

comments