काठमाडौं । डा गोविन्द केसीलाई आठौंपटक अनसनमा बस्न काँग्रेस नेता एंव सांसद गगन थापाले उचालेको खुलासा भएको छ । उनकै वहाकाउमा डा केसी मेडिकल शिक्षा क्षेत्रको सुधारका लागि भन्दै चारवटा माग तेस्र्याएर अनसनमा बस्नुभएको खुलेको हो ।

नेता थापाले केही दिन अघि केसीका पक्षमा स्टाटस समेत लेखेका थिए । स्टाटसमा उनले मेडिकल माफियाविरुद्धको केसीको अभियानको प्रशंसा गरेका थिए । केसीको पक्षमा स्टाटस लेख्ने हजारौं छन् । गगनले स्टाटस लेखेरमात्र पुग्दैन । बल गगनहरुको कोर्टमा पुगिसकेको धेरैको बुझाइ छ । तर अनसनको दशौं दिन पुगिसक्दा पनि न सरकार गम्भीर देखिएको छ न त अनसनका लागि उचाल्ने गगनहरु नै देखिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका विरुद्ध महाअभियोग लगाउने प्रक्रिया थालियोस् भन्ने डा केसीको मूख्य माग छ । कार्की विरुद्ध महाअभियोग प्रक्रिया थाल्न सांसदले मात्र सक्छन् । १४९ सांसदको हस्ताक्षर अर्थात संसदमा कायम रहेका सदस्यको एक चौथाइ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि महाअभियोग प्रक्रिया  थालेको मानिने आजको खबरले उल्लेख गरेको छ ।

यसका लागि गगनले लबिङ थाल्नुपर्छ भन्नेहरु धेरै निस्किएका छन् । उनी फेसबुकमा मच्चिएका छन् । तर, अविश्वासको प्रस्ताव सर्वसाधरणले अघि बढाएर हुँदैन । गगनजस्तै सांसद कस्सिनुपर्छ । के गगन १ नम्बरमा हस्ताक्षर गरेर अभियन्ता बन्न तयार छन् ? छैनन् भने उनी केसीका नाममा फेसबुकमार्फत राजनीति गरिरहेका छन् ।

गगनले एक्सन थाल्नुपर्छ । अन्यथा उनको स्टाटस सस्तो लोकप्रियता र प्रचारबाजीका लागि मात्र हुनेछ । गणतन्त्रको मागसहित सडकमा उत्रिएपछि उदाएका गगन पछिल्लो समय बोलीमै सीमित भनि आलोचित भएका छन् । केसीको आमरण अनसनमा उनि फगत ओठे क्रान्तिकारी नबनुन् भन्ने धेरैको कामना छ ।

अनसनको १० औं दिनसम्म आइपुग्दा परिस्थिति विल्कुल फरक बनेको छ । प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै केसीको मागप्रति राजनीतिक दलको ध्यान गएको छैन । सिंहासनमा कम्पन भएपछि प्रधानमन्त्री केपी ओलीसँग केसीको माग सुन्ने हंस पनि हराएको छ । यस्तो अवस्थामा गगनजस्तै जुझारु भनिएका सांसद नतात्ने हो भने केसीले देह त्याग गर्ने स्थिति आउनसक्छ ।

Comments