एजेन्सी । बलिउड अभिनेता सलमान खानको विवाहको मिति तय भएको छ । उनले नोभेम्बर १८ मा बिहे गर्ने बताएका छन् ।

उनको विवाहलाई लिएर चौतर्फी हल्ला चलिरहँदा उनले नोभेम्बर १८ मा बिहे गर्ने कुराको खुलासा गरेका हुन् ।

मोडल लूलिया वंतुरसँग अफयेरको हल्ला चलिरहँदा उनले लुलियासँगै विवाह गर्लान् त भन्ने प्रश्न भने उठिरहेको छ ।
मुम्बईमा सानिया मिर्जाको अटोबायोग्राफी विमोचन गर्ने क्रममा सलमान खान पनि उक्त कार्यक्रममा पुगेका थिए ।

सानियाले सलमान खानलाई सबैको अगाडि कहिले विहे गर्नुहुन्छ भनेर प्रश्न गरेकी थिइन् । जबाफमा सलमान खानले नोभेम्बर १८ मा विहे गर्ने बताएका थिए ।

तर कुन वर्षको नोभेम्बर १८ त्यो भने नसोध्न सलमानले भनेका थिए । धेरैको विश्वास छ कि, सलमान खान आउने नोभेम्बर १८ मा लूलियासँग विवाह गर्दैछन् ।

Comments

comments