मेलबर्न । अष्ट्रेलियाली नेपाली समुदायका अगुवा डा. नारायण प्रधानलाई लाईफटाईम एचिभमेन्टबाट सम्मान गरिएको छ ।

गोर्खा नेप्लीज कम्युनिटीले आफ्नो स्थापनाको २० औं वाार्षिकोत्सवको अवसरमा सिड्नीमा शनिबार आयोजना गरिएको कार्यक्रममा डा. प्रधानलाई सम्मानित गरेको हो । कार्यक्रममा उहाँको विषयमा तयार पारिएको भिडियो प्रदर्शनी समेत गरिएको थियो । नेपाल र अष्ट्रेलियाको राष्ट्रिय धूनका साथ सुरु भएको कार्यक्रममा गोर्खा नेप्लीज कम्युनिटीका अध्यक्ष टंक गुरुङले अष्ट्रेलियाको भूमिमा लामो ईतिहास बोकेको गोर्खा नेप्लीज कम्युनिटीले भाषा, संस्कृति र नेपालीपनको जगेर्ना गर्न संस्थालाई केन्द्रित गर्दै जाने बताउँनुभयो ।

यसैगरी न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले महावाणिज्यदूतको कार्यालय सदैव नेपाली संघसंस्थासँगको सहकार्यमा अघि बढ्न तयार रहेको बताउनुभयो ।

wilsonकार्यक्रमको मुख्य आकर्षणका रुपमा रहनुभएका कलाकार विल्सन विक्रम राई तोक्मे बूढाले समयानुकूल व्यंग्य गर्दै गीत संगीतको माध्यमबाट सहभागीहरुलाई मनोरञ्जन दिलाउँनुभएको थियो । यसैगरी स्थानीय दोश्रो पुस्ताका नेपाली बालबालिकाहरु र शब्दमाला भाषा विद्यालयका विद्यार्थीहरुले पनि आकर्षक नृत्य प्रस्तुत गरेको थियो ।

Comments