काठमाडौं । यातायात व्यवस्था विभागले यही साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दस्तुर, नयाँ, नवीकरण र प्रतिलिपी शुल्कमा भारी वृद्धि गरेको छ।

स्मार्ट लाइसेन्स लागू भएसँगै सोमबारदेखि लाइसेन्सको दस्तुर शुल्क बढाएको हो । नयाँ शुल्क लागू भएपछि लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाइएको छ ।

त्यस्तै दुई पाङ्ग्रे सवारी साधनको लाईसेन्स लिँदा र नवीकरण गर्दा लाग्ने ७ सय रुपैयाँ बढाएर १५ सय रुपैयाँ बनाइएको छ।
कार, जिप, डेलिभरी भ्यानको १ हजार रुपैयाँ बढाएर २ हजार रुपैयाँ लागू गरेको पनि उप्रेतीले बताए। त्यस्तै मिनीबस, मिनी ट्रकको १५ सय रुपैयाँबाट वृद्धि गर्दै २५ सय रुपैयाँ र ठूला सवारी साधनको लाइसेन्स लिँदा लाग्ने पुरानो शुल्क २ हजार रुपैयाँ बढाएर ३ हजार रुपैयाँ लागू गरिएको छ ।

त्यस्तै प्रतिलिपी लाईसेन्स दिँदा लाग्ने १ सय रुपैयाँ पनि बढाएर ५ सय रुपैयाँ बनाइएको छ ।

Comments

comments