काठमाडौं । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तको नयाँ फिल्म कबाली यही शुक्रवार विश्वका विभिन्न राष्ट्रहरुमा एकैसाथ प्रदर्शनमा आउँदैछ ।

उनको क्रेज अमेरिकामा समेत उस्तै रहेको देखिएको छ ।

शुक्रबारबाट संसारभर एकसाथ प्रदर्शनमा आउन लागेको उनी अभिनित ’कबाली’को टिकट अमेरिकामा बुकिङ खुला भएको दुई घण्टामै सबै टिक विक्री भएको बताइएको छ ।

फिल्म भारतमा करिब ४०० पर्दामा रिलिज हुँदैंछ । रजनीका डायस्पोराका फ्यानहरू अमेरिकामा मात्र नभएर जापान, मलेसिया लगायतका देशमा पनि उस्तै छन् । शुक्रबार रिलिज हुने ’कबाली’ उनको चालिस वर्ष लामो फिल्म करियरको १५९ फिल्म हो । यो फिल्म शुक्रवारदेखि नै नेपालका हलहरुमा पनि प्रदर्शन हुँदैछ ।

’कबाली’मा उनी मलेसियामा बस्ने तमिलहरूको भलाइमा काम गर्ने डनको भूमिकामा रहेका छन् । फिल्मी हिन्दीका साथमा मलाया भाषामा पनि रिलिज हुँदैछ।

Comments

comments