मेलबर्न । अष्ट्रेलियाको क्युन्सल्याण्डको सानो पर्यटकीय सहर गोल्डक्वेष्टमा पहिलोपटक नेपाली फिल्म प्रदर्शन भएको छ ।

सिड्नीमा मात्र नेपाली फिल्म प्रदर्शन हुँदै आएकोमा गोल्डक्वेष्टमा समेत पहिलोपटक नेपाली फिल्म लुकामारीको प्रदर्शन गरिएको हो । गोल्डक्वेष्टको चर्चित इभेन्ट सिनेमा अष्ट्रेलिया फेयरको अवसरमा प्रदर्शन गरिएको नेपाली फिल्म लुकामारी हेर्न झण्डै एक सय दर्शक उपस्थित रहेका थिए । यो फिल्मलाई आजनेप इन्टरटेन्टमेन्टले ल्याएको हो ।

लुकामारीमा सौगात मल्ल,कर्मा शाक्य र सुरविना कार्की लगायतको अभिनय छ ।

नेपाली कला र संस्कृतिलाई अष्ट्रेलियामा प्रवद्र्धन गर्ने उदेश्यले आजनेप इन्टरटेन्टमेन्टको स्थापना गरिएको संस्थाका सुमन थापाले बताए ।

Comments

comments