मेलबर्न । फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नमा रहेको ह्युम युनाइटेड क्लबमा अनुबन्धित भएका छन् । उक्त क्लब अष्ट्रेलियाको बी डिभिजन लिग खेल्ने क्लब हो ।

उनलाई मेलबर्नस्थित नेपालीहरुको फुटबल क्लब यती फुटबल क्लबले ह्युम युनाइटेड क्लबमा सम्झैताको लागि सहयोग पुर्याएको थियो ।
जगजीत श्रेष्ठले अष्ट्रेलियाली क्लबमा रहेर खेल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताए । उनले क्लबमा सहभागी भएर खेलेको पहिलो खेलमै दुई गोल गरे ।

खेलाडी जगजीत श्रेष्ठले नेपालमा अहिले फुटबल खेल नभइरहेको अवस्थामा अष्ट्रेलियाको दोस्रो डिभिजनमा खेल्न पाउनु वास्तवमै ठूलो अवसर र यसलाई उनले सदुपयोग गर्ने बताए ।

मासिक १ हजार ५ सय डलर तलब पाउने गरी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नमा रहेको ह्युम युनाइटेड क्लबमा अनुबन्धित भएका हुन् ।
नेपालको राष्ट्रिय टिममा रहेर ३२ वटा खेल खेलिसकेका उनी थ्री स्टार क्लबसँग आबद्ध थिए ।

Comments

comments