चितवन । चितवनका होटल वा लजमा एकै कोठामा बस्न चाहने जोडीले श्रीमान श्रीमती भएको पुष्टि गर्नुपर्ने भएको छ । अर्थात श्रीमान श्रीमती भएको प्रमाणित गरेर मात्र एउटै कोठामा बस्न दिने चितवनका होटल तथा लज व्यवसायीले निर्णय गरेका छन् ।

हत्यासम्मका घटना बढ्न थालेपछि चितवनका होटल तथा लज व्यवसायीले सुरक्षाका कडा उपाय अपनाउन लागेका हुन् । चितवन होटल व्यवसायी संघले बिनापरिचयपत्र आउनेलाई लजमा नराख्ने निर्णय समेत गरेका छन् ।

लजको भर्याङ र रिसेप्सनमा सिसी क्यामेरा समेत राखिने भएका छन् । असार २७ गते नारायणगढको कलश लजमा मृत भेटिएकी युवतीको हत्या आरोपित व्यक्ति लजको सिसी क्यामेरामा कैद भएको पहिचानको आधारमा भोलिपल्टै धादिङबाट समातिएका थिए ।

Comments

comments