काठमाडौं । छोराको हत्यारालाई कारवाहीको माग गर्दै विगत ३२ महिनादेखि अनशनरत गंगामाया अधिकारीले न्यायको लागि पुनः एकपटक सरकारलाई आग्रह गर्नुभएको छ ।

आफ्नो छोराको हत्यारालाई कारवाहीको माग राखि पति नन्दप्रसाद अधिकारीसँगै अनसन बस्नुभएकी गंगामायाले वि.स. २०७३ असोजमा पतिलाई गुमानुपर्यो । त्यसपछि २१ महिनादेखि एक्लै अनसन बस्नुभएकी गंगामायाको एउटा मात्रै माग छोराको हत्यारालाई कारवाही गर्नु रहेको छ । विर अस्पतालको क्याविन नं ७ मा अनशन बस्नुभएकी गंगामाया आफ्ना छोराको हत्यरालाई कारवाही नहुन्जेल अनसन नतोडने् अठोटमा हुनुहुन्छ ।

गंगामायाका पति नन्दप्रसाद अधिकारीको अझैसम्म अन्तिम संस्कार हुन सकेको छैन । उहाँको शव अहिले शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।

Comments