माओवादीले सरकारसँगको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले राजीनामा नदिइ संसदमा चूनौतीको सामना गर्ने बताइरहेका छन् । कांग्रेस–माओवादीले अविश्वासको प्रस्ताव पेस गरिसकेका छन् भने त्यसबारे बहस अब साउन ६ गते बस्ने संसद बैठकमा हुनेछ ।

त्यो समयसम्म प्रधानमन्त्री ओलीले राष्ट्रिय र अन्तराष्र्टि«य समर्थनकर्ताहरुसँग सल्लाह लिने निश्चत छ । उनलाई चीनले जसरी पनि सरकार टिकाउन सल्लाह दिइरहेको खबर बाहिर आउन थालेका छन् भने तूलनात्मक रुपमा ओली इतिहासका अन्य प्रधानमन्त्रीहरुको तुलनामा लोकप्रिय पनि बन्दै गइरहेका छन् । भारतसँग झुक्दै नझुकेका ओलीलाई अधिकांश जनताले पत्याएका छन् ।

उनले ल्याएका विकासका मोडलहरु पनि तूलनात्मक रुपमा राम्रा छन् । त्यसर्थ, उनले जनताको ठूलो संख्याबाट समर्थन प्राप्त गरेका छन् । नेपालको राजनीतक इतिहासमा नयाँ संविधान कार्यान्वयनको यो चरणमा मुलुक संकटमा परेको भन्दै विश्वमा थुप्रै मुलुकमा डिक्टरसिप लगाएका उदाहरणहरु कयौं छन् । तर नेपालको सन्दर्भमा भने यो अभ्यास सफल नहुने अघिल्ला सत्ता नेतृत्वकर्ताहरुको हविगत देख्दानै प्रस्ट हुन्छ । यद्यपि, ओलीलाई उक्साहटमा पारेर संसद भंग गरी संकटकाल लगाएर सरकार टिकाउन सल्लाह दिनेहरु पनि प्रसस्तै रहेको बुझिएको छ ।

उनले राष्ट्रपतिमार्फत यो कदम चाल्न पनि सक्छन् तर ओलीलाई यो कुरा पनि थाहा छकि सैनिक शासन लगाएर कब्जा गरेको सत्ता आधुनिक विश्वमा धेरै समय टिक्दैन र त्यसले आफ्नो लोकप्रियतामाथि कुठराघात गर्छ । त्यतिमात्र होइन, कम्युनिष्टहरुलाई सेनाले साथ दिनेमा समेत ओलीलाई शंका छ ।

नेपालका कम्युनिष्ट नेताहरुलाई राम्रैसँग थाहा छ, ‘नेपाली सेना अझै वामपन्थी दृष्टिकोणबाट रुपान्तरणमा पुग्न धेरै वर्ष लाग्ने निश्चित छ, नेपाली सेना निर्माणको जग अर्कै हो ।’ प्रधानमन्त्री ओलीलाई प्रचण्डसँग जोडिएको कट्वाल काण्डको पनि राम्रैसँग याद छ । त्यसको साटो उनले अर्को बुद्धिमत्तापूर्ण चल्याँखाई गरेका छन् ।

आफ्नो जनमत सुरक्षित पार्दै एमाललेलाई फाइदा हुने किसिमको कदम आफैले चालेर सरकार गिराउने तयारी गरेको भन्ने प्रसंगहरु पनि बाहिर आइरहेका छन् । लोकप्रियताको शिखर चढेको ओली सरकार गिराएको आरोप माओवादीको थाप्लोमा थुपारेर आफु इतिहासकै लोकप्रिय प्रधानमन्त्री बन्न खोजेको कतिपय विश्लेषकहरुको भनाई छ ।

Comments