काठमाडौं । फ्रान्सको दक्षिण शहर निसमा शुक्रबार भएको ट्रक आक्रमणको चरमपन्थी समूह इस्लामिक स्टेट आइएसले जिम्मेवारी लिएको छ । इस्लामिक स्टेटको समर्थनमा रहेको एक आतंककारी संगठनले निस आक्रमणको जिम्मा लिएको हो ।

इस्लामिक स्टेटको विरुद्धमा रहेकाहरुलाई चेतावनी स्वरुप आक्रमण गरिएको आईएसले जनाएको छ । फ्रान्सेली क्रान्तिको दिन बास्टिल डे मनाइ रहेको बेला तीव्र गतिमा एउटा ट्रक भीडमा छिरेपछि ट्रकले किचेर ८४ जनाको ज्यान गएको थियो भने १८ जना गम्भीर घाईते भएका छन् । आक्रमणमा संलग्न भएको आशंकामा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक जनालाई शुक्रबार नै पक्राउ गरिएको थियो भने चार जनालाई शनिवार पक्राउ गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मोहम्मद लुहवेज बुहलोल नामक ट्रकका चालक प्रहरी कारबाहिमा मारिएका थिए । यसअघि गत नोभेम्बरमा फ्रान्समै भएको आक्रमणमा १३० जनाले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए । आक्रमण पछि फ्रान्समा संकटकाल घोषण गरिएको थियो । यसैबीच निस आक्रमणपछि फ्रान्स सरकारले थप तीन महिना संकटकाल लम्ब्याएको छ ।

Comments

comments