काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवलीले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पार्नुभएको छ ।

प्रेस चौतारी नेपालले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा सचिव ज्ञवलीले राजनीतिक समस्याको समाधान राजनीतिक ढंगवाटै गरिने स्पष्ट पार्नुभयो । नेकपा माओवादी केन्द्रले सरकार छोडदैमा सरकार अल्पमतमा परेको भन्न नसकिने उहाँको कथन छ । साथै सचिव ज्ञवलीले सरकार कानूनी रुपमा अल्पमतमा नपरिसकेको दाबी गर्दै अल्पमतमै परेको हो भने संसदवाट प्रमाणित गरेर देखाउन चुनौति दिनुभयो ।

साथै सचिव ज्ञवालीले संविधान कार्यान्वयन हुन नदिन ठूलो षड्यन्त्र भइरहेको समेत जिकीर गर्नुभयो ।

Comments

comments