काठमाडौं । चिकित्सा क्षेत्रका विभिन्न चार बुँदे माग राखि अनशनमा बस्नुभएका डा. गोविन्द केसीवारे बरिष्ठ चिकित्सकहको फरक फरक धारणा आएका छन ।

शनिबार राजधानीमा आयोजित अन्तक्रियामा बरिष्ठ चिकित्सक डा. भोला रिजालले स्वास्थ्यकर्मीहरु यतिवेला कसै न कसैको ईशारा र कुचक्रमा फसेर विभाजित भएको आरोप लगाउनुभयो । उहाँले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रलाई धराशयी बनाउन कसैले खेल खेलिरहेको आरोप समेत लगाउनुभयो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले डा. केसीको आन्दोलन स्वास्थ्य क्षेत्रको सुधारको लागि भएकोले यसमा आफुहरुको पूर्ण समर्थन रहको स्पष्ट पार्नुभयो ।

त्यस्तै नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसीले पनि अनशनरत डा. केसीका मागहरु जायज भएको स्पष्ट पार्नुभयो । उहाँले नेपालको स्वास्थ्य क्षेत्रलाई सुधार गर्नका लागि नै डा. केसीले अनशन गरेको दाबी समेत गर्नुभयो ।

त्यस्तै प्रस्तावित मनमोहन मेडिकल कलेजका सचिव एवम् बरिष्ठ चिकित्सक डा. रामनाथ अधिकारीले भने डा. गोविन्द केसीको आमरण अनशन नै अवैध भएको तर्क गर्नुभयो ।

Comments

comments