काठमाडौं । भारतमा फेरि पनि इन्धनको मूल्य घटेको छ । तर, भारतबाटै तेल ल्याएर इन्धन विक्री गर्ने तथाकथित राष्ट्रवादी ओली सरकारले भने नेपालमा एकपटक पनि मूल्य समायोजन गरेको छैन ।

भारतमा इन्धनको मूल्य पटकपटक घट्दा उपभोक्ताले राहत महशुस गरेका छन् । तर नेपालमा भने नाकाबन्दीयता एकपटक पनि मूल्य समायोजन गरिएको छैन । भारत सरकारले १५ दिनमा दोस्रोपटक पेट्रोल र डिजलको मूल्य कटौती गरेको हो ।

भारतमा पेट्रोलमा २ रुपैयाँ २५ पैसा भारु र डिजलमा ४२ पैसा प्रतिलिटर मूल्य घटाइएको हो । यो मूल्य शुक्रबार मध्येरातबाट लागु गरिएको हो। यसअघि ३० जुनमा पेट्रोलको मूल्य ८९ पैसा प्रतिलिटर र डिजलमा ४९ पैसा प्रतिलिटर मूल्य घटाइएको थियो ।

यो गिरावट लगातार सातपटक भइसकेको छ। यसअघि १५ जुनमा पेट्रोल र डिजलको मूल्य बढेको थियो । १५ जुनमा पेट्रोलको मूल्य ५ पैसा र डिजलमा १.२६ पैसा वृद्धि गरिएइको थियो ।

Comments

comments