काठमाडौ । आफ्नो माग सम्बोधन नभएकाले यसअघि नै पनि सरकारको राजीनामा मागेका मधेसी गठबन्धनले सरकारमा नजाने बताएको छ ।

आफ्ना माग हर हालतमा पुरा गराउने तयारीमा रहेको गठबन्धनले आफुहरुको माग सम्बोधन भएपछि मात्रै सरकारमा जाने नजाने निर्क्योल गर्ने गठबन्धनका नेता महेन्द्र राय यादबले बताउनुभयो । फेरिदै गरेको सरकारको बारेमा गठबन्धनभित्र फरक फरक मत पनि देखिएको छ । अनिल झा र राजेन्द्र महतो सरकारमा गए राम्रो हुन्छ भन्ने पक्षमा छन् भने अरु जान नहुने पक्षमा रहेका छन् । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गठबन्धनको आयु लामो नभएको बताउनुहुँन्छ ।

केही साताअघि नवलपरासीमा भएको तराई मधेस लोकतान्त्रिक पार्टीको महाधिबेशनमा उपस्थित भएर भारतीय नेताहरुले बर्तमान सरकार ढाल्न सहयोग गरी सरकारमा सहभागी हुन आग्रह गरेका थिए । भारतको ईच्छा मधेसवादी दल सरकारमा जाउन भन्ने नै रहेकाले गठबन्धनमा विवाद शुरु भएको छ । अहिलेसम्मको अबस्थामा मधेसी दलहरुसरकारमा गैहाल्ने पक्षमा नरहेको सद्भावना अध्यक्ष राजेन्द्र महतोले बताउनुभयो ।

Comments