काठमाडौ । ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक छलफलको कार्यसूची रहेको छ ।

सरकार फेरबदलको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सरकारको समर्थन फिर्ता लिएपछि पहिलो बजेट पारित वा अविश्वासको प्रस्तावमा छलफल भन्नेमा विवाद देखिएको छ । बुधबार संसद् बैठक सुरु हुनुपूर्वको कार्य व्यवस्था समितिको बैठकमा दुई दलले प्रधानमन्त्रीको राजीनामा नआए बैठक अवरोध गरी बजेटसँग सम्बन्धित विधयेक पास गर्न नदिने चेतावनी दिएका थिए ।

लामो छलफल भए पनि बुधबार सहमति जुट्न नसकेपछि अर्को बैठक आज बोलाइएको हो । बजेट खर्च गर्न समस्या नभएपनि दलीय विवादले असार भित्रै पूर्ण बजेट पारित कठिन देखिएको छ । आज सहमति नजुटे अर्को आर्थिक बर्षमा धकेलिनेछ ।

संसदको बैठक आज दिउँसो १ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा अरु सामाजिक विधेयक पनि पेश गर्ने कार्यसूची रहेको छ ।

Comments

comments