पेरिस । फ्रान्सको दक्षिणी सहर नाइसमा भएको आतंकवादी आक्रमणमा ८० जनाभन्दा बढीको मृत्यु भएको छ । घटनामा ५० भन्दा बढीको अवस्था गम्भीर रहेको बताइएको छ।

फ्रान्सको नाइसका एउटा अनियन्त्रिक ट्रक भिडमा प्रवेश गरेको थियो । घटनामा १५० बढी घाइते भएका छन् । फ्रान्सबासी बैस्टिल डे मनाउने क्रममा रहेका बेला ट्रक प्रवेश गरेको हो । प्रत्यक्षदर्शीहरुका अनुसार ट्रक चालकले भिडमा ट्रक प्रवेश गराएपछि गोलीसमेत प्रहार गरेका थिए । त्यसलगत्तै वरपर लासैलस देखिएको थियो । बास्टिल डे मनाउन भेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा लरीबाट किचिएर उनीहरुको मृत्यु भएको हो । बास्टिल डेलाई फ्रान्समा राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा उत्सव मनाइरहेको भीडमा लरी गुड्दा ठूलो संख्यामा मानिस मारिएको बताइएको छ ।

लरीलाई रोक्न प्रहरीले गोली चलाएको थियो । गोली लागेर चालकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लरीमा ग्रिनेड तथा बन्दुक फेला परेको अधिकारीहरुले जनाएका छन् । यो घटना नियोजित भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले ट्रक चालकलाई गोली हानी हत्या गरेको छ। फ्रान्स प्रहरीले घटनाको छानविन गर्ने जिम्मा एन्टी टेरोरिस्ट अधिकारीलाई दिएको छ । चालकले मानिसको भिड रहेको स्थानमा करिब दुई किलोमिटर ट्रक दौडाएका थिए । त्यसपछि उनी प्रहरी कारबाहीमा मारिएका छन् ।

फ्रान्सका राष्ट्रपतिले उक्त घटना ‘आतंककारी प्रकृति’को भएको बताएका छन्। राष्ट्रपति होल्यान्डेले भने,‘फ्रान्समा पछिल्लो समय निकै आतंकवादी आक्रमण हुन थालेका छन्। हामी उनीहरुविरुद्ध लड्नका लागि सबै कुरा खाले आवश्यक तयारी गर्नुपर्छ। पुरै फ्रान्स इस्लामी आतंककारीहरुको खतरामा परेको छ।’

फ्रान्समा सन् २०१५ मा पनि दुईवटा आक्रमणका घटना भएका थिए। पहिलो हमला सन् २०१५ को जनवरीमा पेरिसमा भएको थियो भने दोस्रो हमला पेरिसमै नोभेम्बरमा भएको थियो। गत नोभेम्बरमा भएको आक्रमणमा १३० जनाले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए।

Comments

comments