काठमाडौं । झण्डै दुईसय पचास बढी लोक गीतका भिडियोमा मोडलिङ गरिसकेकी डिम्पल गर्ल अर्थात रश्मी तामाङको लोक भिडियोको क्षेत्रमा एकल वर्चश्व छ भन्दा अतिसयोक्ति नहोला । कर्म गरेपछि फल अवश्य पाइन्छ । त्यसैले यति धेरै म्यूजिक भिडियोमा देखिएकी रश्मीले दर्शकहरुको मन नजित्ने कुरै भएन । आकर्षक जीउडालकी रश्मीलाई गालाको डिम्पलले झनै सुन्दर बनाइदिएको छ । अनि हरेक स्टेप खुलेर र जमेर गर्ने रश्मीको नृत्यकलाको प्रशंसकहरु पनि धेरै छन् ।

यो बाहेक रश्मीको चर्चा अर्को कारणले पनि चुलिएको छ यतिखेर । एकपछि अर्को गर्दै अवार्डहरु उनकै पोल्टामा परेपछि उनलाई अवार्ड गर्ल समेत भन्न थालिएको छ । विहीवार काठमाडौंमा सम्पन्न पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डमा पनि लोक गीततर्फको उत्कृष्ट मोडलको अवार्ड रश्मीले नै जितिन् । यो लगातार उनको छैटौं अवार्ड हो ।

२०७२ र २०७३ मा उनी जुन जुन अवार्डमा मनोनयनमा परिन्,प्राय सबैमा अवार्ड उनैले जितेकी छिन् । यसलाई धेरैले अनौठो माने पनि रश्मीलाई भने स्वभाविक लाग्छ रे । भन्छिन्–मैले काम पनि अवार्ड पाउँन लायककै गरेकी छु नि ।

यसअघि गत जेठ अन्तिम साता काठमाडौंमै सम्पन्न राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिले गरेको चौथो लोकदोहोरी अवार्डमा रश्मिले उत्कृष्ट लोकदोहोरी मोडलको अवार्ड पाएकी थिइन् ।

rashmi tamangयस्तै बागमति अञ्चल उत्कृष्ट मोडल अवार्ड, तीज गीत अवार्ड लगायतका अन्य अवार्डहरुको हकदार पनि रश्मी नै बनेकी थिइन् । ‘म नृत्यमा मेहनत गर्छु, मेहनत गर्नेले फल पाउनै पर्छ ,’उनले भनिन्् ।

दुईसय पचास बढी लोकदोहोरी गीतमा मोडलिङ गरेकी रश्मीले तत्कालका लागि लोकदोहोरी गीतमै केन्द्रित हुने योजना बनाएकी छिन् । केहि फिल्मवाट हिरोईनको प्रस्ताव आएको भए पनि अस्वीकार गरेको उनले बताइन् । तर एउटा तामाङ भाषाको फिल्ममा भने उनले अभिनय गरिसकेकी छिन् ।

Comments

comments